July 2, 2023
त्यसैले म चस्मा लगाउने गर्दछु | Poem | Dedicated to Mayor Balen Shah |
मेयर बालेन शाह प्रती समर्पित कविता नमस्कार म एउटा समय मेरो मन र मस्तिस्क बिचको द्वन्द बाट उत्पन्न भएको ज्वाला र धुवाको मुस्लो मेरो चस्मा नलगाएको आँखा मार्फत प्रस्फुटन गराउदै छु समयको गती नत छिटो नत ढिलो सधैं टथस्त अनी चलिरहन्छ निरन्तर नत रोकेर रोकिन्छ, नत छेकेर छेकिन्छ नदिको बहाव झै बगिरहन्छ बर्तमान बाट भाबिस्य तिर ती सडक र गल्लीहरु जहाँ थिए अझै पनि त्यही छन हिजो हालत जे थियो, आज पनि अवस्था त्यही छ तर मेरो प्रबाह कहिले रोकिएन सधैं चलि चलिरह्यो नीरन्तर मेरो मनले भन्छ म बिस्तारै चल्नु पर्दछ किनभने बहेल गाडा अनी ठेला वाला हरुलाई पनि त सङ्गै लिएर हिंड्नु छ फेरी त्यही मन ले भन्छ, होइन म छिटो दौडिनु पर्दछ किनभने तिब्र गतिमा चल्ने सुपरकार, बुलेट बाइक अनी अन्तरिक्ष यानहरुलाई पनि त भेटाउनु पर्ने छ तर मेरो मस्तिस्क भने स्पस्ट छ कि मेरो गती नत छिटो चल्छ नत ढिलो सधैं टथस्त अनी निरन्तर सबैलाई सँगसङ्गै लैजानु पर्दछ यो यात्राामा समाहित गराएर ब्यबस्था परिवर्तन धेरै पटक भयो तर समाज जही को त्यही बिधी र बिधान समय सँगै चल्न खोज्दछ तर चलन किन पछाडि ? मेरो मनले त समाज र यहाँको चलन लाई नै अङ्गाल्न खोज्दछ तर मास्तिस्क भने बिधी र ब्यबस्था रोज्दछ म एउटा समय मेरो चस्मा नलगाएको आँखाले यो दुनियाँलाई अवलोकन गर्दछु इज्जत लुटिएर बन्धक बनाइएकी प्रकृतिकी सन्तान उनी ऊद्दारको पर्खाइमा बसिरहेकी छिन् त्यो गुहारको चित्कार सुन्दैन कसैले किनकी उनी अन्डरग्राउन्ड पुरिएकी छिन् खुला आकाश मुनी स्वछ्छ र निस्चल भइ आमाको काखमा रमाउने उनको पहिचान आज खोसिएको एउटा दृष्टिबिहिनले देख्न सक्दछ तर आँखामा कालो पट्टी बाधेर दृष्टिबिहीनताको अभिनय गर्नेले कदापी देख्न सक्दैन समयको प्रबाह सँगै पाप पनि पखालिन्छ भन्ने यहाँ एउटा भ्रम छ दशकहरु बीत्दै जान्छन अनी शताब्दी पनि आउछ तर यथार्थ सधैं यथार्थ रहन्छ यो यथार्थ लुकाइएको छ, पुरियेको छ डोजर लिएर यसको खोजिमा हरेक दिन निस्किने गर्दछु खनेर शायद यथार्थ भेटियेला तर नाङ्गो आँखाले देख्न असम्भव छ त्यसैले, म चस्मा लगाउने गर्दछु
Also available on Apple Podcasts